बेस नेपालका नवनिर्वाचित कार्यसमितिलाई क्षमता अभिबृद्धि तालिम

बिरबहादुर विसी
नवलपुर । पछौटेपन उन्मुलन समाज (बेस नेपाल) ले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई २ दिने क्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाका कार्यसमिति अध्यक्ष उमादेवी भट्टराईको अध्यक्षतामा गत कात्तिक २३ र २४ गते बि.एण्ड बि.कटेज बर्दघाटमा तालिम सञ्चालन गरिएको हो ।

संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेले संस्थाको स्थापनादेखि वर्तमान अवस्था, गरिएको सामाजिक कार्य र परियोजनाको गतिविधि, संस्थाको बिगत र वर्तमान कार्यक्षेत्र, साझेदारी संस्था, संस्थाको उद्देश्य, नियमावली, कार्यनीति सम्बन्धमा जानकारी दिएका हुन् । जिल्ला कार्यक्रम संयोजक शालिकराम पोख्रेलले हाल सञ्चालनमा रहेको कार्यक्रम र परियोजना बारे सहजीकरण गरेका थिए ।

संस्थाका नवनिर्वाचित कार्यसमिति पदाधिकारी, लेखा समिति, मानवश्रोत विकास तथा व्यवस्थापन समिति, खरिद समिति र जेसि फोकल पर्सन सहभागी रहेको सो कार्यक्रममा संस्थाले हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सञ्चालन गरिरहेको कार्यक्रमको स्थलगत अनुगमन गरेको छ । हाल यस संस्थाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सबै स्थानीय तहमा पोषणमार्फत जीवन रुपान्तरण परियोजना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वि.स.२०४९ असोज १६ गते पुर्वी पाल्पाको बाकामलाङ हाल निस्दी गाउँपालिका –१ मा स्थापना भएको संस्थाले ३२ औँ साधारणसभा एवं १४औँ अधिवेशन २०८१ असोज १८ गते आफ्नै नवनिर्मित केन्द्रिय कार्यालय निस्दी– १ भोटाहा पाल्पामा महिला अध्यक्षको नेतृत्व सहित सम्पन्न गरिसकेको छ ।

क्षमता अभिबृद्धि तालिममा संस्थाको आगामी ३ बर्षका लागि संस्थागत प्राथमिकता (२०८१–२०८४) समेत पारित गरिएको छ ।

lcci
You might also like

Comments are closed.