काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य रु २४ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु १ लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु १ लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ९५५ मा कारोबार भएको चाँदी आज रु १ हजार ९२५ मा खरिदबिक्री भइरहेको छ ।
Comments are closed.