पोखरा । पोखरामा स्थापना गरिएको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा शनिबार स्नातक तहका विद्यार्थीलाई स्वागत तथा ओरियन्टेशन सम्पन्न गरिएको छ ।
विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, बोर्ड सदस्य कर्मा गुरुङ, कृष्ण थापा, अनिल सुवेदी, कलेज विभागीय प्रमुख, शिक्षकहरु, पत्रकार दुर्गा हुमागाइले फूलमाला र खादा लगाएर स्वागत गरेका हुन् । बीएचएम, बीबीए तथा बीबीए फिनान्स १८० विद्यार्थी तथा उनीहरुका अभिभावक, पाहुनासहित करिब ४ सयको सहभागी रहेको थियो । उनीहरुलाई काठमाडौंबाट पोखरा निम्त्याइएका मोटिभेशनल स्पिकर रञ्जित आचार्यले जिवनोपयागी परामर्श दिएका हुन् ।
कार्यक्रममा सहभागिलाई कलेजका अध्यक्ष पालिखेले स्वागत गर्दै पोखरालाई शिक्षाको शब बनाउन, पर्यटन विकासमा टेवा पुर्याउन, दक्ष जनशक्तिको उत्पादन गर्न र स्वरोजगार बनाउने उद्धेश्यले १९९९ मा कलेज स्थापना गरिएको बताए । कलेजले २५ औं वर्षगाँठको अवसरमा विभिन्न सिर्जनात्मक, शैक्षिक परामर्श, तालिम, कलेज बाहिरका प्रतियोगिताहरु र नतिजामा उत्कृष्टता हासिल गर्दै आएकोमा खुसि व्यक्त गरे ।
अध्यक्ष पालिखेले ११५ जना सञ्चालकहरु जुटेर सानो कटेजबाट शुरु गरिएको कलेज अहिले नेपालकै सुविधा सम्पन्न कलेज र उत्कृष्ट कलेजको रुपमा स्थापित भएको जानकारी दिए । हालसम्म कलेजबाट १८ सय विद्यार्थी पास भएर स्वदेश तथा विदेशका फाईब, सेभेन स्टार होटलहरुमा म्यानेजर भएर काम गरिरहेका छन् ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले हामीले आफ्नो तर्फबाट कुनै प्रकारको शिक्षा, प्रयोगात्मक अध्ययन, कुनैपनि प्रकारको व्यवस्थापन, सिर्जनात्मक कार्यहरु, तालिम वा प्रतियोगितामा कम्प्रोमाइज नगरेको बताए ।
रञ्जित आचार्यले मान्छे बन्नका लागि असल गुणको आवश्यक्ता पर्ने भएकाले जिवनमा प्रगति गर्नका लागि मेहनत र परिश्रम गर्नुपर्ने बताए । कलेजका अध्यक्ष पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाालन सञ्जु कुँवरले गरेकी हुन् ।
Comments are closed.