काठमाडौं । नेपालका २ वटा विद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् । धुलिखेलको सञ्जीवनी नमुना मावि र भैँसेपाटीस्थित आदर्श सौलः युवक माविले स्टार रेटिङ अवार्ड प्राप्त गरेका हुन् ।
मोटर स्पोर्ट्स, अटोमोवाइल मोविलिटि, टुुरिजम तथा सडक सुुरक्षाको राष्ट्रिय संघ नेपाल अटोमोवाईल एसोशिएसन (नासा नेपाल) ले भियतनाममा अवस्थित एआइपी फाउण्डेशनको सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियान अन्तर्गत स्टार रेटिङ गरेको थियो । लण्डनस्थित इन्टरनेसनल रोड असेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारित सो रेटिङमा सञ्जीवनी नमुना मावि र आदर्श सौलः युवक माविले क्रमशः ४.५ स्टार र ४.२ स्टार रेटिङ प्राप्त गरेका छन् ।
काठमाडौंमा आयोजित नेसनल युथ कन्पे्रmन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि सम्बन्धी राष्ट्रिय युवा सम्मेलनमा विद्यालय, सम्बन्धित स्थानीय निकाय तथा अभियानमा संलग्न व्यक्तिलाई बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि नेपालका संयोजक एवं पुर्वमन्त्री योगेश भटराईले अवार्ड वितरण गरेका हुन् ।
सो समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुुवास भट्टराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीको आगमन र विद्यालयलाई सुुरक्षित बनाउने सम्बन्धि सहजिकरण गरेका थिए ।
नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटिका संयोजक एवं पुर्व मन्त्री योगेश भटराईको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री तेजुुलाल चौधरीले सडक दुर्घटनाका कारण युवाको अकालमा ज्यान गइरहेकाले सरकार चिन्तित रहेको बताएका छन् । सडकमा ज्यान जाने क्रम रोक्नका लागि आगामी दिनमा प्रभावकारी कार्यक्रम ल्याउन आफु प्रतिबद्ध रहेको पनि उनी बताउँछन् ।
बढ्दै गइरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् ।
यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ताहरु, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद् समेतको सहकार्य रहनेछ ।
Comments are closed.