नेपाली बजारमा भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग

काठमाडौं । नेपाली बजारमा इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग भित्रिएको छ । अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा परिचित भावना बिजनेस लिंकले नेपाली बजारमा क्याबर्ग हेल्मेट र एसेसरिज भित्र्याएको घोषणा गरेको छ ।

देशभरका मोटरसाइकल सेफ्टी र स्टाइलका पारखीहरुका लागि यो एक महत्वपूर्ण कदम भएको कम्पनीले बताएको छ । प्रसिद्ध इटालियन ब्रान्ड क्याबर्ग सुरक्षा र अत्याधुनिक प्रविधिका लागि प्रतिबद्ध तथा इनोभेटिभ हेल्मेट डिजाइनका लागि परिचित छ ।

इन्टरनेसनल सेफ्टी स्ट्यान्डर्ड अनुसार फिचर उपलब्ध गराएर कम्फर्ट र स्टाइलमा कुनै सम्झौता नगरी राइडरहरुका लागि विशेष सुरक्षा प्रदान गर्ने कार्य क्याबर्ग हेल्मेटले गरेको छ । फुल फेस देखि मोडुलर हेल्मेट सम्मका विभिन्न रेन्जका हेल्मेट उपलब्ध गराएर नेपाली बाइकिङ कम्युनिटीलाई सुरक्षा प्रदान गरिने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा ड्रिफ्ट इभो टु, टुरम्याक्स एक्स, एभ्यालोन एक्स र फ्रि राइड एक्स मोडल उपलब्ध हुनेछन् । नेपाली बजारमा क्याबर्ग हेल्मेट उपलब्ध गराउन पाएकोमा खुसी लागेको राइडर्स भ्यालीका म्यानेजिङ डाइरेक्टर राजनराज पुरीले बताए ।

राइडरका लागि सेफ्टी जहिले पनि प्राथमिकता हुने र इटालियन शिल्प कौशलसहित अत्याधुनिक सेफ्टी फिचरसहितको हेल्मेट उपलब्ध गराएको उनले बताए । राइडरका लागि आगामी दिनमा थप गुणस्तरीय उत्पादन समेत उपलब्ध गराउदै जाने उनी बताउँछन् ।

भावना बिजनेस लिंकले लामो समय देखि नेपाली बजारमा सेफ राइडिङ प्राक्टिसलाई बढावा दिने कार्यमा प्रतिबद्ध रहेको र क्याबर्गको हाई क्वालिटी हेल्मेट उपलब्ध गराउनु यसैतर्फको अर्को कदम भएको बताइएको छ ।

मोटरसाइकल स्पोर्ट्स र कम्युनिटी बढिरहेको समयमा राइडरका लागि भरपर्दो गियरको समेत आवश्यकता हुन्छ । यही आवश्यकता पुरा गर्ने कार्यमा क्याबर्गले समेत भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

lcci
You might also like

Comments are closed.