भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुँदै

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यही मङ्सिर १३ गतेदेखि १५ गतेसम्म प्रदर्शनी गर्न लागेको हो ।

प्लाष्टिकको वहुआयामिक उपयोगमा भइरहेको विश्वव्यापी विस्तारबाट नेपाल समेत लाभान्वित भइरहेको छ । प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिकजन्य वस्तुका उत्पादक साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

यस मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया तथा सेवा प्रदायकको सहभागिता हुनेछ भने मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ । नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार–प्रसार गरी जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली वजारमा समेत भित्र्याउने विषयमा यस मेलाले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायमा जागरण ल्याउने एवं जानकारी गराउने, प्लाष्टिक उद्योगको जनशक्ति विकास गर्न तालिम वा प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउने वा हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिकजन्य वस्तुको परीक्षण र विकास सम्बन्धी सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने, प्लाष्टिकजन्य वस्तुको सम्बन्धमा ३ आरको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरी नेपाललाई प्लाष्टिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यसहित स्थापना गरिएको हो ।

प्लाष्ट नेपाल फाउण्डेशनले यस भन्दा अगाडी तीनवटा अन्तर्राष्ट्रिय प्रदर्शनी सफलतापुर्वक सम्पन्न गरीसकेको छ । नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीको प्रयासमा गैर नाफामुलक संस्थाको रुपमा २०७० मा प्लाष्ट नेपाल फाउण्डेशन स्थापना भएको हो ।

 

lcci
You might also like

Comments are closed.