नेप्से परिसूचक ९ अङ्कले बढ्यो

काठमाडौं । मङ्गलबार करिब २ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०९ अङ्कले बढेर २ हजार ७११ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर ७४ हजार ३०३ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह ० दशमलव २६, जीवन बिमा ० दशमलव १८, निर्जीवन बिमा ० दशमलव २१ र अन्य समूह ० दशमलव ०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह ३ दशमलव ३८ प्रतिशतले बढेको छ । वित्त १ दशमलव ६६, होटल तथा पर्यटन ० दशमलव ४५, जलविद्युत् १ दशमलव २८, लगानी ० दशमलव २०, लघुवित्त ० दशमलव ०७, म्युचुअल फण्ड ० दशमलव ३८ र व्यापार समूह ० दशमलव २७ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु ३२ करोड ८१ लाख ९० हजार २५९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको ७ लाख ६४ हजार ५१९ कित्ता शेयर किनबेच भएको छ ।

lcci
You might also like

Comments are closed.