पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा ३८ औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी प्रतियोगिता भएको छ ।
प्रतियोगितामा कास्कीका विभिन्न २९ विद्यालयका ५८ जना कक्षा ६ देखि ८ सम्म र कक्षा ९ देखि १२ कक्षाका विद्यार्थीले सहभागिता जनाएका थिए । विद्यालयले हरेक वर्ष चित्रकला प्रतियोगिता गर्दै आइरहेको छ । निजी, सामुदायिक तथा सरकारी विद्यालय सहभागीता जनाउने गरेका छन् ।
सहभागीले आफुलाई मन लागेको विषयमा चित्र बनाएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । उनकाअनुसार प्रतियोगितामा सहभागीताको प्रमाण पत्र दिइएको छ ।
नतिजा भने आउँदो मङ्सिर २९ गते प्यारेन्ट्स डे को अवसरमा प्रकाशनसहित पुरस्कार वितरण गरिने भाईस प्रिन्सिपल मुकेशकुमार अधिकारीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतीय हुनेले नगद रु ७ हजार, ५ हजार र २ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
Comments are closed.