नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य ३ अङ्कले घटेर २ हजार ६६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर ७६ हजार ४१८ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० को कारोबार भएको छ ।

लगानी समूह ० दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह ० दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह १ दशमलव ६३ प्रतिशतले घटेको छ ।

बैंकिङ ० दशमलव ५४, वित्त ० दशमलव ३७, होटल तथा पर्यटन ० दशमलव ४९ र जलविद्युत् समूह ० दशमलव ४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा ० दशमलव ५५, लघुवित्त ० दशमलव ९४, म्युचुअल फण्ड ० दशमलव १२, निर्जीवन बिमा ० दशमलव १७, व्यापार ० दशमलव ०७ र अन्य समूह ० दशमलव ७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ सात दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रु ६० करोड ८७ लाख ३६ हजार १५२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको ७ लाख २० हजार ८१३ कित्ता शेयर किनबेच भएको छ ।

lcci
You might also like

Comments are closed.