काठमाडौं । नेपालका स्टील उत्पादन क्षेत्रमा अग्रणी अम्बे स्टील्स र जय अम्बे स्टील्सले आईएसओ २२३०१ : २०१९ प्रमाणपत्र प्राप्त गरेर इतिहास रच्दै, यो मान्यता प्राप्त गर्ने नेपालका पहिलो कम्पनी बनेका छन् । यस उपलब्धिले व्यापार निरन्तरता व्यवस्थापन र सञ्चालन उत्कृष्टतामा उनीहरूको प्रतिबद्धतालाई झल्काउँछ ।
आईएसओ २२३०१ व्यापार निरन्तरता व्यवस्थापन प्रणाली को अन्तर्राष्ट्रिय मानक हो, जसले संस्थालाई कुनै पनि अवरोधको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन र सञ्चालनलाई निरन्तरता दिन सक्षम बनाउँछ । यो प्रमाणपत्र प्राप्त गरी, अम्बे स्टील्स र जय अम्बे स्टील्सले आफ्ना ग्राहक र सरोकारवालालाई स्थायित्व, विश्वसनीयता र उच्च मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो प्रमाणपत्रले व्यवसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितताप्रतिको प्रतिबद्धतालाई झल्काउने अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमा नयाँ मापदण्ड स्थापना गरेको अम्बे स्टील्स र जय अम्बे स्टील्सका निर्देशक शिवाज न्यौपानेले बताए ।
यस उपलब्धिले दुवै कम्पनीको नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ । अम्बे स्टील्स र जय अम्बे स्टील्सले यस ऐतिहासिक सफलता हासिल गर्न योगदान गर्ने कर्मचारी, साझेदार र सरोकारवालालाई धन्यवाद दिएको छ ।
Comments are closed.