७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर २ हजार ७५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ४६ प्रतिशतले बढेको हो ।

आज ३१६ कम्पनीको १ करोड ७१ लाख ४३ हजार ५८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० को कारोबार भएको छ । आज कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

वित्त समूहको उपसूचक ० दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह ९ दशमलव २७ र विकास बैंक समूह ३ दशमलव १८ प्रतिशतले बढेको छ ।

lcci
You might also like

Comments are closed.