कास्की वचत तथा ऋण सहकारीले गर्यो रक्तदान कार्यक्रम

श्रीराम सुबेदी
पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ । संस्थाले आफ्नो २४ औँ स्थापना दिवसको अवसरमा आइतबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।

कास्कीका बचत तथा ऋण सहकारी संस्थाको संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको रक्तदान कार्यक्रममा ३४ यूनिट रगत सङ्कलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश, सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारी संस्थाले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्य समुदाय लक्षित कार्यक्रम हुने भएकाले बढी प्रभावकारी एवम् प्रशंसायोग्य हुने बताए ।

“सहकारी रजिष्ट्रार कार्यालयको मुख्य कार्य भनेको सहकारीको प्रबद्र्धन, नियमन, तालिम तथा गोष्ठी हो” उनले भने । यस क्षेत्रमा यदाकदा देखिएका कमीकमजोरी तथा समस्यालाई चिरफार गरी विद्यमान अवस्थामा सहकारी क्षेत्रको उन्नयनमा सबै जुटेर अगाडी बढ्नुको विकल्प नभएको भन्दै उनको भनाइ छ । सहकारी क्षेत्रलाई सुशासनयुक्त र समुदाय लक्षित सहकारी बनाउन सबैको राय सल्लाह आवश्यक रहेको रिजालले बताए ।

सहकारीको मूल्य मान्यतालाई कसैले बिर्सन नहुने बताउँदै सहकारी क्षेत्रमा केही समस्या देखिएका छन्, समस्या निराकरण गरी सहकारी क्षेत्र बचाउन हामी सबैको प्रतिबद्धता आवश्यक रहेको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तथा सल्लाहकार रविरमण तिवारी बताउँछन् ।

कार्यक्रमका अध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुबेदीले समुदाय लक्षित सामाजिक कार्य सहकारी संस्थाले नियमित गराउन सके सहकारीको छवि समुदायमा बढ्ने विश्वास व्यक्त गरे । कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मिनराज तिमिल्सिनाले गरेका हुन् ।

 

lcci
You might also like

Comments are closed.