लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीमेन्स फोरमको आयोजनामा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको छ ।

अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर कम्पनीकोे प्रधान कार्यालयमा “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता” को विषयमा कार्यक्रम गरेको हो ।

राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, कानूनी व्यवस्थाबारे सहजिकरण गरेकी हुन् । फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाइन् । सूरक्षित र समावेशी कार्यस्थल बनाउने प्राथमिकता रहेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर विसी बताउँछन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिकोत्सवको अवसरमा ११ सदस्यीय सहितको वीमेन्स फोरम गठन गरेको हो । कम्पनीमा कार्यरत महिला कर्मचारीलाई सशक्तिकरण गर्नु, उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समन्वय गर्न सहजताको लागी विभिन्न कार्यक्रम सञ्चालन गर्ने र कार्यालयमा लैङ्गिक समानता कायम राख्न समन्वय फोरमको उद्धेश्य रहेको छ ।

 

lcci
You might also like

Comments are closed.