शिशु विकास केन्द्रलाई फुसबल टेबल हस्तान्तरण

पोखरा । नेपाल टेबल फुसबल संघले पोखराको शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर संघले केन्द्रमा फुसबल (टेबल सॉकर) सहयोग सगै स्थापना गरेको हो ।

४७ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले डाउन सिन्ड्रोम लगायत विभिन्न न्युरो अवस्थाका बालबालिकाका लागि काम गदै आएको छ । फुसबल, जसलाई टेबल सॉकर पनि भनिन्छ, जुन फुटबलको मोडलमा आधारित एउटा टेबल खेल हो, जसले ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय र टोली भावना विकास गर्न सहयोग गर्ने गर्दछ ।

हालका वर्षमा यो समावेशी गतिविधिका रुपमा लोकप्रिय बनेको छ, जसले विभिन्न क्षमता भएका व्यक्तिको मानसिक र शारीरिक विकासलाई प्रोत्साहन गर्ने काम समेत गर्दछ । ई–कमर्स प्लेटफर्म दराज नेपालले ढुवानी साझेदारका रुपमा र संकटा क्लब, काठमाडौंले तालिम साझेदारका रुपमा सहयोग प्रदान गरेका हुन् ।

टेबल स्थापना, अभिमुखीकरण र तालिमका सबै गतिविधि नेपाल टेबल फुसबल संघका संस्थापक तथा महासचिव उमेश घिमिरेले समन्वय गरेका छन् । फुसबल केवल खेल मात्र होइन, यो सहभागिता, अन्र्तक्रिया र सीप विकासको माध्यम रहेको भन्दै घिमिरेले यसले बालबालिकालाई मोटर स्किल्स, सामाजिक अन्र्तक्रिया र आत्मविश्वास वृद्धि गर्न सहयोग पु¥याउने बताए ।

हस्तान्तरण कार्यक्रममा संकटा क्लबको तालिम टोलीले केन्द्रका कर्मचारी लगायतका लागि अभिमुखीकरण सत्र सञ्चालन गरी फुसबललाई केन्द्रको दैनिक गतिविधिमा समावेश गर्नका लागि आवश्यक सहजीकरण गरेका हुन् ।

 

You might also like

Comments are closed.