नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर २ हजार ७७५ दशमलव ८५ अङ्कमा पुगेको छ । आज विभिन्न ३०७ कम्पनीका १ करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ दशमलव ६७ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५ दशमलव ९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।

दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको ९ दशमलव ५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६ दशमलव १८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको ३ दशमलव ४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

lcci
You might also like

Comments are closed.