अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न डिजिटल सेफ्टी समिट नेपाल सम्पन्न

काठमाडौं । टिकटकले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न सरकारी अधिकारी, शिक्षाविद्, डिजिटल अधिकार विज्ञ, बालबालिकाको सुरक्षा सम्बन्धि अधिवक्ता र उद्योगी व्यवसायी लगायत विभिन्न सरोकारवालाको सहभागीतामा कार्यक्रम भएको हो ।

शिखर सम्मेलनमा टिकटक क्रियटर सुवास घिमिरे, सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर, डिजिटल सेफ्टी एक्सपर्ट सन्तोष सिग्देलजस्ता प्यानलिस्टसहित “नेभिगेटिङ रिस्क, प्रोटेक्टिङ युजर्सः ए कोलाबोरेटिभ अप्रोच टु डिजिटल सेफ्टी (जोखिमको अनुगमन, प्रयोगकर्ताको सुरक्षाः डिजिटल सुरक्षाका लागि एक साझा दृष्टिकोण)” नामक प्यानल छलफल लगायत अन्य अन्तर्दृष्टिपूर्ण छलफल प्रस्तुत गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो डिजिटल सुरक्षा अभिवृद्धि गर्न सरकारको प्रतिबद्धतालाई जोड दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सुरक्षित अनलाइन इकोसिस्टम सिर्जना गर्न मन्त्रालयको अटल प्रतिबद्धताबारे प्रकाश पारेका छन् । दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले यो शिखर सम्मेलनले नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चाल्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा टिकटकका फ्यामिली पेयरिंग जस्ता टुल्स र नेपाली प्रयोगकर्ताको सुरक्षामा यसको प्रतिबद्धतालाई जोड दिँदै मुख्य सुरक्षा पहलका विषयमा सम्बोधन भएको छ । नेपालमा टिकटकको सार्वजनिक नीति कार्यक्रम विस्तार गर्ने, नेपालमा बलियो, सुरक्षित डिजिटल इकोसिस्टमको बाटो बनाउने विषयमा छलफल गरेर शिखर सम्मेलन समापन गरिएको छ ।

नेपाली समुदायका लागि सुरक्षित डिजिटल भविष्य सिर्जना गर्ने नयाँ समर्पणका साथ डिजिटल सेफ्टी समिट नेपाल समापन भएको छ । टिकटक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस महत्त्वपूर्ण कुराकानीलाई जारी राख्ने र नेपालभर डिजिटल साक्षरता पहलहरू विस्तार गर्ने प्रतिबध्दता पुनः व्यक्त गरेका छन् ।

टिकटकको बारेमाः
टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन दिनु हो । टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ र यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो लगायत शहरहरूमा छन् ।

You might also like

Comments are closed.