कनकाईमा अपाङ्गता शिविर तथा परिचय पत्र वितरण कार्यक्रम

कोशी । कनकाई नगरपालिका वडा नं ५ झापामा अपाङ्गता भएका व्यक्तिको विशेषज्ञ चिकित्सकद्वारा आवश्यकता पहिचान शिविर तथा परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सो शिविर मंसिर ३ गतेबाट शुरु भएको थियो ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन नेपाल र कनकाई नगरपालिकाको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिको विशेषज्ञ चिकित्सकद्वारा आवश्यकता पहिचान शिविर तथा परिचय पत्र वितरण कार्यक्रम आयोजना गरिएको हो ।

वडा नं ५ को वडा कार्यालय भवनमा आयोजना भएको कार्यक्रममा ९७ जनाको तथ्याङ्क सङ्कलन गरिएको छ । वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल रहेका हुन् ।

नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, करुणा फाउण्डेसन नेपालका सह–निर्देशक दिनेश ढकाल, कमला कोइराला लगायत सहभागी रहेको कार्यक्रमको सञ्चालन कन्काई नगरपालिकाका फोकल व्यक्ति हरिप्रसाद पौड्यालले गरेका हुन् ।

अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य बीमामा पहुँच अभिवृद्धि गर्न रातो परिचय पत्र वाहक अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य बीमा अभिकर्ता मार्फत तथ्याङ संकलन गर्ने र आवद्ध गर्ने काम पनि भइरहेको वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।

कोशी प्रदेशका १३७ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । यसमध्ये गत साउनदेखि सुरु भएको झापा, ताप्लेजुङ र तेह«थुमका ३० वटा पालिकामा वडास्तरिय अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण सम्बन्धि शिविर चलिरहेको छ ।

दैनिक ४ देखि ५ वटा यस्ता खालका शिविर सञ्चालन भइरहेका छन् । हाल सञ्चालनमा रहेका झापा, ताप्लेजुङ र तेह«थुम जिल्लाका ३० वटा पालिकाका सबै वडाहरुमा आउँदो पुस १५ गतेभित्र सम्पन्न गर्ने योजना रहेको छ । हालसम्म १४ पालिकाका ७६ वटा वडामा शिविर सम्पन्न भइसकेको छ ।

You might also like

Comments are closed.