नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर २ हजार ७५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार ६७७ पटक खरिदबिक्री हुँदा रू ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह ० दशमलव ५९, उत्पादन तथा प्रशोधन ० दशमलव १४ र लघुवित्त ० दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह ८ दशमलव ७२ प्रतिशतले घटेको छ ।

बैंकिङ ० दशमलव ३४, विकास बैंक १ दशमलव ९४, वित्त १ दशमलव २४, होटल तथा पर्यटन ० दशमलव ४० र लगानी समूह ० दशमलव ०२ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा १ दशमलव ५०, म्युचुअल फण्ड ० दशमलव ३४, निर्जीवन बिमा ० दशमलव ३३ र अन्य समूह ० दशमलव ७४ प्रतिशतले घटेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रू ३० करोड ३० लाख ६९ हजार २२५ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ११ लाख ९५ हजार ९८४ कित्ता शेयर किनबेच भएको छ ।

 

lcci
You might also like

Comments are closed.