पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मङ्सिर १९–२३ सम्म सञ्चालन हुने प्रतियोगिताका विभिन्न खेलमा करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिएका छन् ।
बुधबारको खेलमा टेबल टेनिसतर्फ ब्वाइज डबल (कक्षा १० सम्म) सगरमाथाका स्वर्णिम तिमिल्सिना र कृतक थापाको जोडी प्रथम, ग्लोबलका आयुष गहतराज र कुशल केसी दोस्रो र पोखरा पब्लिकका आर्यन क्षत्री र जेनिक परियारको जोडी तथा मदरल्याण्डका अहिन मगर र विशेष बरालको जोडी तेस्रो भएका छन् ।
गल्र्स डबलतर्फ सिर्जना माविका सक्रिय पोख्रेल र राजेश्री अधिकारीको जोडी प्रथम, मदरल्याण्डका सृष्टि अधिकारी र विर्सना बस्नेत दोस्रो, ग्लोबल कलिजियटका सुदीप्ता खनाल र एकालिका गुरुङ तथा केफका पवित्रा बिक र सलिना दाहालको जोडी तेस्रोमा सीमित हुन पुगे ।
कलेज लेभल ब्वाइज डबसमा प्रतिभाका युनिष भुजेल र गौरव शेरचनको जोडी प्रथम, ग्लोबलका अंकित र असिमको जोडी दोस्रो, केफका अर्मन र सामी तथा मदरल्याण्डका प्रथम र दीप्सनको जोडी तेस्रो भए । सोही इभेन्टमा गल्र्सतर्फ सिर्जनाका तृषा गुरुङ र प्रजिता मुडभरीको जोडी पहिलो हुँदा प्रतिभाका सुष्मी गुरुङ र गौरी भुजेलको जोडी दोस्रोमा सीमित भयो । ग्लोबलका सृष्टि गुरुङ र मबिना बराम तथा लिटल स्टेपका युनिषा गुरुङ र पूर्णिमाको जोडीले तेस्रो स्थान हात पारे ।
कलेज लेभल ब्वाइज सिंलल्सतर्फ सिर्जनाका समीर लिम्बु प्रथम, ग्लोबका नितेश गुरुङ दोस्रो, केफका अर्मन भण्डारी र प्रतिभाका गौरव शेरचन तेस्रो भए । गल्र्सतर्फ सिर्जनाकी तृषा गुरुङ र प्रतिभाकी सुष्मी गुरुङ क्रमशः पहिलो र दोस्रो भए । लिटल स्टेपकी युनिषा गुरुङ र बालप्रभातकी दीपिका केसी तेस्रो भएका छन् ।
स्कुल लेभल ब्वाइज सिंगल्समा टप्सका अनमोल घले प्रथम, सिर्जनाका विशेष गौचन दोस्रो, पोखरा पब्लिकका अरमन क्षत्री र सगरमाथाका स्वर्णिम तिमिल्सिना तेस्रो भए भने सोही इभेन्टमा गल्र्सतर्फ सिर्जनाकी सक्रिय पोखरेल प्रथम, सगरमाथाकी सृष्टि खड्का दोस्रो, स्टेप बाई स्टेपकी किंजल गिरी र मदरल्याण्डकी बिर्सना बस्नेत तेस्रो, यस्तै भलिबल प्रतियोगिता प्लस टु ब्वाइजतर्फ मदरल्याण्ड पहिलो, प्रतिभा दोस्रो र पोखरा युनाइटेड तेस्रो भएका छन् ।
गल्र्सतर्फ केफ पहिलो, सिर्जना दोस्रो र गुरुकुल बोर्डिङ तेस्रो स्थान, जुनियर फुटबल प्रतियोगितामा बायोदय प्रथम, भ्यू पोइन्ट दोस्रो र पोखरा पब्लिकको टिम तेस्रो भएका छन् भने कलेजतर्फ ८०० मिटर दौडमा केफका यूनिक परियार पहिलो, पश्चिमाञ्चलका सम्राट चौधरी दोस्रो र हार्भर्ड एकेडेमीका मंगल गुरुङ तेस्रो, ब्वाइज हाइजम्पमा ग्लोबलका सुशान्त राजभाट पहिलो, बेसलाइनका विवेक बस्नेत दोस्रो र मनकामनाका प्रसिद्ध अधिकारी तेस्रो भएका छन् ।
गल्र्स बास्केटबल (कक्षा ९–१२) मा फिस्टेल पहिलो, मदरल्याण्ड दोस्रो, प्रतिभा तेस्रो, महिला फुटबल प्रतियोगिता कुमुदिनीले खेल जितेको छ । उसले जुनियर सिटिजनलाई पेनाल्टीमा ५–४ गोलअन्तरले हराएको हो । त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएको थियो । प्रतियोगितामा शान्तिदीप तेस्रो स्थान हात पारेका छन् ।
सिनियर फुटबलतर्फ शान्ति निकुञ्ज र शान्तिदीप बुधबारको खेल जित्दै सेमिफाइनल पुगेका छन् । प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयले सहभागिता जनाएको प्याब्सन अध्यक्ष मथुराप्रसाद पौडेलले बताए । स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल हुनेछन् ।
यस्तै कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेलहरु हुने प्रतियोगिता संयोजक एवं ब्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले बताइन् । स्पोर्टस् मिटको मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मनत्री तेजुलाल चौधरीले औपचारिक उद्घाटन गरेका हुन् । प्याब्सनको खेलकुदमा लामो समयदेखि योगदान पु¥याएकोमा कर्ण गुरुङलाई सम्मान गरिएको सचिव पुष्पराज पराजुलीले बताए ।
प्याब्सन कास्कीमा हाल निजी तथा आवासीय गरी ९९ विद्यालय आबद्ध छन् । संस्थामा आबद्ध विद्यालयमा ७५ हजारभन्दा विद्यार्थी छन् । साथै, ८ हजारभन्दा बढी शिक्षक कर्मचारी कार्यरत रहेको प्याब्सनका विधान गौतमले बताए ।
Comments are closed.