काठमाडौं । दिगो व्यवसाय प्रवद्र्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यस साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ ।
एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ । यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पु¥याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पु¥याउने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास रहेको छ ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले इलेक्ट्रो पावर कम्पनी लिमिटेडसँगको यो साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पु¥याउने बताए । यो परियोजना प्राकृतिक विपत्तिका जोखिमलाई न्यून गर्दै ऊर्जा उत्पादनलाई अधिकतम बनाउन डिजाइन गरिएको छ, जसले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्ने उनी बताउँछन् ।
साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिनुका साथै हाम्रो आत्मबल बढाउने र जलविद्युत् परियोजनाको विकासलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्ने इलेक्ट्रो पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक माधवप्रसाद मैनाली बताउँछन् ।
एनआईबीएल इक्विटी पार्टनर्स र इलेक्ट्रो पावर कम्पनी लिमिटेडबीचको यो साझेदारी नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा बढ्दो गएको चासोलाई प्रस्ट बनाएको छ । यो सहयोगले ऊर्जाको माध्यमबाट देशको दीर्घकालीन दिगोपन र आर्थिक समृद्धिमा पनि योगदान पु¥याउने लक्ष्य राखेको छ ।






Comments are closed.