रु ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको ४ महिनामा रु ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु २ करोड ४० लाखले बढी हो ।

कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा रु ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०/८१ को अवधिमा रु ७ करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई ४ महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ । रासस

lcci
You might also like

Comments are closed.