पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सञ्चालित सामाजिक विकास केन्द्रले विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशन सामान वितरण गरेको छ । केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामान वितरण गरेको हो ।
सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जीविकोपार्जन तथा शिक्षा परियोजनामार्फत् किडासाको आर्थिक सहयोगमा विद्यार्थीलाई स्वीटर, स्टेशनरी सामग्री एवं ट्रयाकसुट वितरण गरिएको बताएका छन् । पोखरा महानगरभित्रका सरकारी विद्यालयका विद्यार्थी लक्षित यो कार्यक्रमबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने पनि उनले बताए ।
विद्यार्थीलाई अध्यक्ष लालचन, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले विदार्थीलाई सामग्री हस्तान्तरण गरेको सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट टाढा हुन तथा निकृष्ट श्रममा बालबालिकाको प्रयोग नहोस् भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।



Comments are closed.