बेनी–पुलाचौर सडक कालोपत्र

म्याग्दी । बेनी–पुलाचौर ५ किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म ५ किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु १ करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा ३३० मिटर सडक प्रिमिक्स कालोपत्र र १ सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा ४ सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको १३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।

बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु ३ करोड बजेटमध्ये रु १ करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताउँछन् । रासस

You might also like

Comments are closed.

Secret Link