सामसङ नेपालले सार्वजनिक गर्यो वान युआई ७ बेटा प्रोग्राम

काठमाडौं । शक्तिशाली एआई सुविधा, सरलीकृत नियन्त्रण र भविष्यका स्केलेबल एआई इकोसिस्टमको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक भएको घोषणा सामसङ नेपालले गरेको छ ।

इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी, हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठुलो छलांग लिएको छ । पहिले भन्दा बढि व्यक्तिगतताको लागि अपग्रेड गरिएको मोबाइल यूजर एक्सपिरिएन्सको पहिलो झलक बेटा प्रोग्रामले प्रदान गरेको छ ।

परिष्कृत एआईबाट थप सहज यूजर एक्सपिरिएन्सहरू
एडभन्सड लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरमा वान युआई ७ ले बलियो अपडेटहरू ल्याएको छ । एआई ओएससँग एकीकृत भएर अप्लिकेसनहरु बीच स्विच गर्न आवश्यक बिना नै टेक्स्टहरू चयन गर्ने क्षमत दिई यसले प्रयोगकर्तालाई सहज बनाउँछ ।

ग्यालेक्सी प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलमा विस्तार भएको छ । यस क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न र स्वचालित रूपमा बुलेट पोइन्टमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्दै आइरहेको छ ।

वान युआई ७को साथ अपग्रेड गरिएका कल सुविधाले २०ओटा भाषामा कल ट्रान्सक्रिप्टमार्फत सञ्चार र जडानको सीमाहरू पुश गर्छ । कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालित रूपमा पछि सन्दर्भको लागि ट्रान्सक्राइब हुनेछ, जसले बहु–कार्य गर्दा म्यानुअल रूपमा नोटहरू लिनुपर्ने आवश्यकतालाई हटाउँछ ।

निजीकरण र नियन्त्रण बढाउनको लागि नयाँ र बोल्ड डिजाइन
डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई सुव्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वान युआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएको छन् । यसमा इन्टरप्रेटरे, सङ्गीत, रेकर्डिङ, स्टपवाच जस्ता विभिन्न सुविधामा सान्दर्भिक गतिविधिहरू हाइलाइट गर्ने नाउ बार पनि समावेश छ ।

महत्त्वपूर्ण सूचनामा तत्काल पहुँच प्रदान गरेर, नाउ बारले डिभाइसलाई निरन्तर अन्लक गर्ने आवश्यकतालाई कम गर्छ र प्रयोगकर्तालाई मुख्य जानकारीसँग सहजै संलग्न हुन दिन्छ । आगामी ग्यालेक्सी एस सिरिजका डिभाइसमा सपोर्ट हुने नाउ बारले लक स्क्रिन एक्सपिरिएन्सलाई रूपान्तरण गर्नेछ, जुन भविष्यमा थप बौद्धिक अनुभवका साथ विकसित हुँदै जानेछ ।

यी फिचरमा आएका अपग्रेड सबै सरल, प्रभावशाली र भावनात्मक डिजाइनमा लंगरिएका छन् । यी सिद्धान्तहरू मिलेर ग्यालेक्सी प्रयोगकर्ताका लागि सुव्यवस्थित र एकजुट अनुभवलाई आकार दिन्छ । बोल्ड, प्रतिष्ठित डिजाइन विकल्पद्वारा परिभाषित रहेको वान युआई ७ले भिजुअल अव्यवस्था घटाउँछ र प्रयोगकर्तासँग व्यक्तिगत स्तरमा प्रतिध्वनि गर्न र एआई सुविधामा सहज मोबाइल अनुभवहरू दिन डिजाइन गरिएको अनुभवलाई बढावा दिन्छ ।

सिम्प्लिफाई गरिएको होम स्क्रिन, पुनः डिजाइन गरिएको वान युआई विजेटहरू र लक स्क्रिन गरी फिचरहरू प्रयोगकर्तालाई प्रत्येक विवरणमा ग्रेन्युलर कन्ट्रोल प्रदान गर्न र अनुकूलनलाई सहज र निर्बाध बनाउनको लागि एकजुट भई काम गर्छन् । पुनः डिजाइन गरिएको क्यामेरा युएक्सले एडभान्सड सेटिङमा थप सहज कन्ट्रोल दिन्छ ।

क्यामेरा बटनहरू, कन्ट्रोलहरू र मोडलाई प्रयोगकर्ताको लागि आवश्यक सुविधाहरू फेला पार्न सजिलो बनाउन र क्याप्चर गरेको तस्बिर वा रेकर्ड गरेको भिडियोको स्पष्ट पूर्वावलोकन दिनको लागि पुनः सङ्गठित गरिएको छ । प्रो र प्रो भिडियो मोडका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ, जसले शूट गरिरहेको तस्बिर वा भिडियो खिच्दा फोकस गर्न सजिलो बनाएको छ । प्रयोगकर्ताको लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँ जुम कन्ट्रोल उपलब्ध छ, जसले सहज ट्रान्जिसनको लागि जुमको गति नियन्त्रण गर्न दिन्छ ।

वान युआई ७को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइससँग हुनेछ र २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई क्षमताहरू समावेश हुनेछ । आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धता अनुरूप, यी अप्डेटहरु बिस्तारै अन्य ग्यालेक्सी उपकरणमा पनि आउने छन् ।

lcci
You might also like

Comments are closed.