गण्डकी अटो मेकानिक्सको अध्यक्षमा अधिकारी

काठमाडौं । गण्डकी अटो मेकानिक्स वक्र्स एसोसियसनको २५ औँ वार्षिक साधारण तथा १५ औँ अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सो समितिको निवर्तमान अध्यक्षमा सन्तोषकुमार मिश्र, वरिष्ठ उपाध्यक्षमा नवराज सुनार, उपाध्यक्ष जगन्नाथ गर्तौला, महासचिव विजेन्द्र चौधरी, कोषाध्यक्ष निहाल अन्सारी, सचिव सन्तोष राउत कर्मी, सहकोषाध्यक्ष प्रकाश गिरी रहेका छन् । समितिको सदस्यमा डिलबहादुर तुलाधर, एक बहादुर बानिँया, विन्दु पावे, गंगाबहादुर कुँवर, भिमसेन शाह रहेका छन् ।

निर्वाचित समितिलाई निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता माधव बास्तोलाले शपथ गराएका हुन् । सो साधारण सभाको शुभारम्भ गर्दै संघीय सांसद शिव नेपालीले राज्यले मेकानिक्सलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेकाले, मजदुर बिना विकास सम्भव नभएकाले अटो व्यवसाय व्यवस्थापनका लागी पोखरामा अनिवार्य अटो ल्याण्ड आवश्यक रहेको बताए ।

नेपाल अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष जनाद्र्धन गैरेले व्यवस्थित शहरका लागी अटो ल्याण्ड आवश्यक रहेकाले नेपालका मुख्य शहरमा व्यवस्थित ल्याण्ड विकास भइसकेकोमा पोखरामा हुन नसक्नु दुःखको विषय भएको बताए ।

एशोसियसनका अध्यक्ष सन्तोषकुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, बाग्मती प्रदेशका संयोजक बलराम भण्डारी, रेडक्रस सोसाईटी गण्डकी प्रदेश अध्यक्ष सुर्यप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पृथ्वी राजमार्ग बस समितिका अध्यक्ष योगेन्द्र के.सी, नेपाल यातायात व्यवसायी महासंघका गण्डकी संयोजक केदार पौडेल, पूर्व महासचिव ठाकुर गैरे, बुटवल इन्जिनियरिङ्गका अध्यक्ष तुल्सीराम न्यौपाने, पूर्व अध्यक्ष यमप्रसाद भुसाल, हेटौँडा समिति अध्यक्ष आनन्दराज पौडेल, सल्लाहाकार कृष्णबहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी लगायतले धारणा राखेका छन् ।

कार्यक्रममा जेष्ठ सदस्य एसोसियसनका पूर्व अध्यक्ष सनतकुमार भट्टराई र पुराना व्यवसायी कुल बहादुर मगर लगायत सहयोगीलाई सम्मान गरिएको छ । साधारण सभाले महासचिव विष्णु अधिकारी, कोषाध्यक्ष अर्जुन उपे्रतीबाट प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

You might also like

Comments are closed.

Secret Link