अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई सरल बनाउन ग्राहकको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ । यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो ।

यी झन्भटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्नेछन् ।

यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुममा उपलब्ध सबै मोडलमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।

 

lcci
You might also like

Comments are closed.