रामपुर (पाल्पा) । जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सोमवार पाल्पाको रामपुरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई अभिमुखिकरण प्रदान गरिएको हो ।
नगर प्रमुख रमणबहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेको बताए । उनले विश्वमै चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलताको कार्यका लागि गम्भीरताका साथ लाग्न आवश्यक रहेको बताएका छन् । विकाससंगै विनास निम्त्याई जलवायुमा ठुलो असर पु¥याएको भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएको उल्लेख गरे ।
प्रकृतिको अधिक दोहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पु¥याएको बताउँदै नगर प्रमुख थापाले जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले सोही अनुसारको नीति तथा कार्यक्रम एवं योजना बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तन संगै सबै सचेत हुनु पर्ने आवश्यकता औँल्याए । समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीको भविष्य नै खतरामा पर्ने र गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसको उत्थाशिलता कार्यका लागि सोही तरिकाको योजना तय गरेर जानूपर्ने नगर प्रमुख थापाको सुझाव छ ।
देशभरका ७५३ वटा पालिकामध्ये १५१ वटा पालिका बढी प्रभावित हुने र त्यसमध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमको थालनी गरिएको बताए । कार्यक्रममा प्रशिक्षक सागर भण्डारीले जलवायु परिवर्तनको कारण, प्रभाव र असर, गण्डकी जलाधार र परिवर्तनको जोखिम, स्थानीय तह र जलवायु परिवर्तनको मुद्दा, उत्थानशिल कार्यका उपाय र प्रयास लगायतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियोे ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रम गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षतामा भएको हो ।कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघ पाल्पाका सचिव ठाकुर पराजुलीले गरेका हुन् । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख, सामुदायिक वन र सरोकारवाला लगायत सहभागी थिए ।



Comments are closed.