बिहीवारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ ।

सिप्रदी ट्रेडिङका अनुसार बिहीवारबाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ ।

यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिक टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।

यसकासाथै, यस १२ः१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।

कार्यक्रमको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन सकिनेछ ।

 

lcci
You might also like

Comments are closed.