रामपुर (पाल्पा) । नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । महासंघको अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो भने अन्य पदमा निर्विरोध भएको छ ।
मतदान प्रक्रियाबाट भएको निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचिन भएका छन् । उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा बिजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरुमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै केन्द्रिय परिषद सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित भएका छन् ।




Comments are closed.