सुशीला रेग्मी
रामपुर (पाल्पा) । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको ५७ औ वार्षिकोत्सव सकिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले गरेका हुन् ।
प्रमुख अतिथि सभापति श्रेष्ठले परिवर्तन चाहने हो भने पहिला आफुबाटै परिवर्तनको सुरुवात गर्नुपर्छ भन्ने ज्वलन्त उहाहरण रामतुलसी नमुना मावि बनेको बताए । पढेपछि उत्र्तिण हुने मात्रै शिक्षा होइन व्यावसायिक तथा व्यवहारिक बनाउने खालको शिक्षा अति आवश्यक रहेको बताउदै सभापति श्रेष्ठले रामतुलसीले व्यवहारिक जनशक्ति उत्पादन गर्ने शिक्षा दिएको बताएका छन् ।
हिजो पार्टी, चौतारी, पौवाबाट सञ्चालन भएको विद्यालय अहिले पक्की भवनमा आधुनिक प्रविधिबाट विद्यालयले शिक्षा दिएको देख्दा खुशि लागेको उनले बताए । आफुले ज्ञानार्जन गरेको विद्यालय हेर्न र सिक्न लायकको नमुना विद्यालय बनेको र यस विद्यालयको शैक्षिक विकासका लागि आफुले सहयोग गर्ने बताउँदै समितिका सभापति श्रेष्ठले ठूलो क्षमताको सभाहल निर्माणका लागि आफुले प्रदेश सरकारसमक्ष माग गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा स्थापित ३६ अक्षयकोषको करिव ३२ लाख बराबरको रकम रहेको जानकारी दिए । प्रअ लम्सालले विद्यालयको १११ कक्षाकोठा, ३ वटा स्कुल बस, अत्याधुनिक प्रविधिमैत्री कक्षाकोठा, कृषि तथा विज्ञान प्रयोगशाला, खानेपानी, खेलमैदान, बाल उद्यान, व्यवस्थित पुस्तकालय, कम्प्युटर प्रयोगशाला लगायतका सुबिधा रहेको बताए । विद्यालयमा हाल करिव २७ सय विद्यार्थी अध्ययनरत, ४१ जना सरकारी, ८४ जना निजी स्तरमा गरी १२५ जना शिक्षक, कर्मचारी कार्यरत रहेको प्रअ लम्सालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विद्यालयमा हुने सभा, समारोह जस्ता कार्यक्रमका लागि एक हजार जना अट्ने क्षमताको सभाहल बनाउने योजना रहेकाले यसको लागि आर्थिक व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठसमक्ष प्रअ लम्सालले अनुरोध गरेका छन् । विद्यालयका लेखापाल हरिहर रेग्मीले ११ करोड ९ लाख ३४ हजार ७२४ रुपैयाँ ६३ पैसा बराबरको आयव्याय सहितको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कार्यक्रममा विद्यालयका संस्थापक देवराज ढकाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, विद्यालयका पुर्व सञ्चालक समिति सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, लक्ष्मीनारायण गुठी व्यवस्थापन समिति अध्यक्ष बुद्धिप्रकाश रेग्मी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु ऋषिराम भट्टराई, विष्णुप्रसाद पौडेल, किर्तिनाथ श्रेष्ठ, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, विद्यालय व्यवस्थापन समितिको तर्फबाट दुर्गादेवी राना, शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेल, विद्यालयमा अध्ययनरत विद्यार्थी सम्झना रायमाझी र कृष्ण दर्जी लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रमको अवसरमा पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, बिमल श्रेष्ठ, नयाँ अक्षयकोष स्थापना गर्ने अक्षयकोषदातालाई सम्मान गरिएको छ । साथै शिक्षक सम्झना घिमिरे, रमेश अधिकारी, विनिता भट्टराई, दुर्गादेवी शर्मा, राजन घिमिरे, प्रेमकुमारी थापा, पुष्पराज ढकाल, ऐश्वर्य राना, सन्तोष चौधरी, विष्णुमाया पौडेल र कर्मचारी निरज श्रेष्ठलाई उत्कृष्ट शिक्षक तथा कर्मचारीको रूपमा सम्मान गरिएको छ । वार्षिकोत्सवको अवसर पारेर पूर्व विद्यार्थी विकास पौडेलले आफ्ना स्वर्गीय बुबा उमाकान्त पौडेलको नाममा ३३ हजार ३३३ बराबरको उमाकान्त स्मृति अक्षयकोष स्थापनाका लागि घोषणा गरेका छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेलले माध्यमिक शिक्षा परीक्षा (एइइ) मा नेपाली माध्यमबाट उत्कृष्ट अंक ल्याउने छात्रा मनिषा आलेलाई उज्ज्वल भविष्यको कामना गर्दै नगद २१ सय र सम्मान पत्रले पुरस्कृत गरेका छन् । सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गरेका हुन् ।
सहभागीलाई विद्यालय व्यवस्थापन समिति सदस्य विशाल श्रेष्ठले धन्यवाद दिएको कार्यक्रममा विद्यार्थीले रमाइलो साँस्कृतिक प्रस्तुती देखाएका थिए । सोमवार कक्षा ११ र १२ का विद्यार्थीले विद्यालय प्राङ्गणमा प्रदर्शनीमा राखेका खानाका परिकार, विज्ञान तथा कृषि प्रदर्शनीले दर्शकको मन जितेको छ ।
Comments are closed.