लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन् ।
महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबारसम्म २५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरी मङ्सिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको हो भने अन्य व्यवसायीका लागी समेत स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइएको छ । महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन र सह–प्रायोजकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
Comments are closed.