चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

मुग्लिन (चितवन) । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी हुन् । शनिबार इच्छाकामना न्यूज डटकमको ७ औँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरेका हुन् । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेकी हुन् ।

विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आएकी हुन् । उनी स्नातकोत्तर तह (एमएड) उत्र्तीण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी हुन् । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध छन् । रासस

You might also like

Comments are closed.