काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ । आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभालाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।
भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात काल नै नयाँ र फ्रेश गायक–गायिकाको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगिमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।
युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीतले सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ, भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास रहेको बताए ।
यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरु उजागर गर्नेछ । यसैगरी क्लोजअपले यस अगाडी पनि आत्मविश्वास बढाउने खालका थुप्रै कार्यक्रममा आफ्नो सशक्त उपस्थिती राख्दै आएको छ ।
Comments are closed.