एग्बोसाको साधारणसभा तथा अधिवेशन सम्पन्न

काठमाडौं । गण्डकी बोर्डिङ स्कुलको भूतपूर्व विद्यार्थी संगठन “एग्बोसा” ले, संस्थाको १५औँ साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रधुम्न केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी बोर्डिङ स्कुलका प्राचार्य डा. विश्व युधिर पौडेल घर्ती रहेका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सिए उभेककुमार श्रेष्ठले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदन र संस्थाका सचिव रविचन्द्र गुरुङले प्रस्तुत गरेको सचिवको प्रतिवेदन सभाबाट सर्वसम्मतले पारित भएको छ । सभाले ऐतिहासिक “एग्बोसा विधान–२०४८” उपर प्रस्ताव गरिएको पुर्नलिखित विधान “एग्बोसा विधान–२०८१” पारित गरेको छ ।

दुई सत्रमा गरिएको कार्यक्रममा पहिलो सत्र १५औँ साधारणसभा, र दोश्रो सत्र अधिवेशन रहेको थियो । संस्थाका सहसचिव ई.संजय भण्डारी सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष माधवी नेपाल थापाले गरेकी हुन् ।

संस्थाका अग्रणी सदस्य विष्णुदेव पराईको संयोजकत्वमा सदस्यहरु डा.पविन थापा र नारायण बरालसहित गठन भएको तीन सदस्यीय निर्वाचन समितिले अधिवेशनका चरणबद्द कार्यहरु सम्पन्न गरेको छ । अधिवेशनबाट प्रधुम्न केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

 

lcci
You might also like

Comments are closed.