काठमाडौं । कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरु यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए ।
माइलेज च्याम्पियनमा राम दयाल रानाले ८८ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे भने ८५ किमि प्रति लिटरको प्रदर्शनमा नरबहादुर साउद दोस्रो स्थान र ८४ किमि प्रति लिटरको प्रदर्शन गर्दै चत्रा भण्डारी तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
माइलेज च्याम्पियनमा सहभागी चालकले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका छन् । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषतालाई झल्काउनुका साथै बजाजप्रेमीबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ । कार्यक्रममा लगभग १०० जनाले सहभागिता जनाएको कम्पनीले बताएको छ ।
ग्राहकलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताए । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन पनि हुने उनले बताएका छन् ।
Comments are closed.