कजरिया टाईल्सले सुरु गर्यो नेपालमा पहिलो प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन

काठमाडौं । नेपालको टाइल उद्योगमा अग्रणी नाम, कजरिया रमेश टाईल्स लिमिटेडले अब ३००x४५० एमएम सिरेमिक टाइलको नयाँ श्रृंखला प्रस्तुत गर्दै आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ ।

यससँगै, कम्पनीले सिरेमिक टाईल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००x६०० एमएम र ६००x१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाईल्सका साथै ४००x४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाईल्स बजारमा ल्याइसकेको छ, जुन अहिले पनि व्यापक रूपले लोकप्रिय छन् ।

कजरिया टाईल्सले नेपालभर १०० भन्दा बढी डिलर र वितरकहरूको विशाल नेटवर्क निर्माण गरेको छ । जसले ग्राहकलाई कम्पनीका उत्कृष्ट उत्पादनहरू सजिलै प्राप्त गर्न मद्दत पु¥याएको छ । यी टाइलहरू नेपालमा नै उत्पादन हुने भएकाले उच्च गुणस्तरको सुनिश्चितता गर्दै उत्पादन लागत पनि कम गर्दछ । यसका कारण, कजरिया टाईल्सले आयातित भारतीय टाइलहरूको तुलनामा २०–२५ प्रतिशत कम मूल्यमा उत्पादनहरू उपलब्ध गराउँछ । यसरी कजरिया टाईल्स नेपाली उपभोक्तामाझ किफायती र प्रिमियम विकल्पको रूपमा प्रस्तुत हुनेछ ।

सिरेमिक टाइलहरू आफ्नो विविधता, टिकाउपन, र मर्मतसम्भार गर्न सजिलो हुने कारणले भित्री स्थानमा प्रयोगका लागि उत्तम विकल्प मानिन्छ । कजारिया रमेश टाईल्सले विभिन्न डिजाइन, रङ र साइजका विकल्पहरू प्रस्तुत गर्दछ । जसले तिनीहरूलाई भान्सा, बाथरूम र बैठक कोठामा प्रयोग गर्न उपयुक्त बनाउँछ । दाग र मोइस्चर प्रतिरोध गर्न सक्ने क्षमताले तिनीहरूलाई आधुनिक घरमा प्रयोगका लागि उपयोगी, आकर्षक र दीर्घकालिक प्रयोगको लागि उत्तम बनाउँछ । सिरेमिक टाइलहरू भुइँ र पर्खाल दुबैको लागि भरपर्दो विकल्प हुन् ।

कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “हामीले नेपाली बजारमा पहिलो पटक भिट्रिफाइड टाईल्स ल्याउदा व्यापक प्रशंसा पाएका थियौँ, त्यसै सफलतामा आधारित भएर अहिले अत्याधुनिक प्रविधिमा उत्पादन गरिएका सिरेमिक टाइलहरू बजारमा ल्याउँदैछौं, हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि नेपाली बजारमा यी टाइल पनि त्यत्तिकै रुचाइनेछन्, साथै उत्साहका साथ हामी ३००ह६०० एमएमका सिरेमिक टाईल्स पनि छिटै उत्पादनमा ल्याउने घोषणा गर्दछौं” ।

कजरिया रमेश टाईल्स लिमिटेडको ३००x४५० एमएम सिरेमिक टाईल्स उत्पादन गर्ने निर्णयले उनीहरूको उत्पादन दायराको रोमाञ्चक विस्तारलाई जनाउँछ । यस नयाँ उत्पादनले आवासीय र व्यावसायिक स्थान दुवैका लागि उच्च गुणस्तरका बिविध विकल्पहरू प्रस्तुत गर्नेछ । स्टाइल, टिकाउपन र सजिलो मर्मतसम्भारमा ध्यान केन्द्रित गर्दै यी टाइलले विभिन्न ग्राहकको आवश्यकता पूरा गर्ने उद्देश्य राखिएको छ ।

कजरिया रमेश टाईल्स लिमिटेडले, रमेश कर्प र भारत को नं. १ टायल निर्माता कजरिया सिरामिक्सको संयुक्त लगानीमा नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन कारखाना निर्माण गरिरहेको छ । रू.४०० करोडको लगानीमा निर्माण हुने यस परियोजनाले वार्षिक ५२ लाख मिलियन स्क्वायर मिटर टाइल्स उत्पादन गर्नेछ । जसले हजारौं रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनेछ ।

यस परियोजनाले दिगो विकासमा जोड दिदै स्थानीय सामग्रीको प्रयोग गर्नेछ । आवासीय र व्यावसायिक स्थानका लागि उच्च गुणस्तरको किफायती टाइलहरू उपलब्ध गराउनेछ ।

lcci
You might also like

Comments are closed.