सातदोबाटोको इभी मार्टमा अब सबै ब्राण्डका स्कुटर पाइने

ललितपुर । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ । अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।

अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका कारण उपभोक्ताहरु अन्यौलमा परेका छन् । त्यसैले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका उनको भनाइ छ । यहाँ विक्री वितरण मात्र हैन स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकले पनि सम्पर्क गर्न सक्नेछन् ।

शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए । ललितपुरमा ईभी स्कुटरको ग्राहकहरु निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्राण्डका र ग्राहकको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरु विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारले बताइन् ।

नयाँ वर्षको अवसरमा हामीले S-WAY PRO मोडलमा स्मार्ट फोन उपहारको व्यवस्था समेत गरिएको डाइरेक्टर रोशनकुमार श्रेष्ठले जनाएका छन् ।

 

lcci
You might also like

Comments are closed.