काठमाडौं । ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गरेको छ ।
तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरलाई सुरक्षित, व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको बताइएको छ ।
सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गरेको छ । कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरा लगायतका क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरको सहभागिता रहेको थियो ।
अन्तरक्रियात्मक मोड्युलहरू र वास्तविकतामा आधारित परिदृश्यमार्फत् यामाहा राइड–आउट कार्यक्रम, सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउनका लागि यी लिडरलाई रोड मार्शलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य हो । एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेतृत्व भनेको मार्गदर्शन मात्र होइन यो जिम्मेवारी पनि रहेको बताए ।
यो प्रशिक्षण सत्र मार्फत् ब्लू स्ट्रिक्स कार्यक्रमका लागि यामाहाको फराकिलो दृष्टिकोण पनि प्रतिबिम्बित भएको छ । जुन नेतृत्व निर्माण र आफ्ना सवारमा समुदायको बलियो भावनालाई प्रवद्र्धन गर्न समर्पित छ । रोड मार्शल तालिममा लगानी गरेर यामाहाले आफ्ना लिडरहरू ब्रान्डका एम्बेसडर मात्र नभई सडक सुरक्षा र जिम्मेवार सवारीको पैरवीकर्ता पनि हुन् भन्ने कुरा पुष्टि गरेको छ ।
ब्लू स्ट्रीक्स यामाहा नेपाल अन्तर्गतको एक राइडर कम्युनिटी पहल हो । यामाहा मालिकहरूबीच सार्थक सम्बन्ध सिर्जना गर्ने यसको उद्धेश्य रहेको छ । कार्यक्रमले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिन्छ भने उत्साहीहरूलाई क्षेत्रीय च्याप्टरको नेतृत्व गर्न, यामाहाको सद्भाव र साहसिक भावनालाई पनि बढावा दिन्छ ।
Comments are closed.