काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २ हजार ६०९ दशमलव ५८ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ ६४ बराबरको कारोबार भएको हो ।
लघुवित्त १ दशमलव १२, म्युचुअफ फन्ड ० दशमलव १८ र अन्य समूह ० दशमलव २९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा धेरै ४ दशमलव ४७ र विकास बैंक समूह २ दशमलव ६५ प्रतिशतले घटेको छ । बैंकिङ ० दशमलव ८७, होटल तथा पर्यटन ० दशमलव ६१, जलविद्यूत् १ दशमलव ७३, लगानी ० दशमलव ६६, जीवन बीमा शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन ० दशमलव ८१, निर्जीवन बीमा ० दशमलव १२ र व्यापार समूह १ दशमलव ०३ प्रतिशतले घटेको छ ।
आज ५ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू २६ करोड १० लाख ८२ हजार ६६४ बराबरको १० लाख ६५ हजार ६५५ कित्ता शेयर किनबेच भएको छ ।
Comments are closed.