हेल्प नेपाल नेटवर्कले मनायो २५ औं वार्षिकोत्सव

काठमाडौं । नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्कले २५ औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहमा वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा. भगवान कोइरालालाई अभिनन्दन गरे ।

यस्तै, डा. रुइतले मानव सेवा आश्रम हेटौँडाका समाजसेवीहरू रामजी अधिकारी र सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी) की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरेका छन् ।

सोही अवसरमा सम्पन्न विश्व भेलाले अष्ट्रेलिया निवासी व्यवसायी तथा समाजसेवी डिला खरेललाई संस्थाको ग्लोबल कोअर्डीनेटर चयन गरेको छ ।.भेलाले अष्ट्रेलिया निवासी वैज्ञानिक डा राजु अधिकारीको संयोजकत्वमा इन्द्रा बन (अष्ट्रेलिया), हर्ष गौतम (अष्ट्रेलिया), प्रणय राज आचार्य (स्विडेन) तथा लक्ष्मण शर्मा रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ । इ रोशेन्द्र ध्वज खड्कालाई प्रोजेक्ट कोअर्डीनेटर चयन गरिएको छ ।

सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरु रहेका छ्न भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ । “मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माणमा पनि सघाएको छ ।

नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीलाई गएको २० वर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । त्यस्तै सन् २०१४ देखि धुलिखेलमा सञ्चालित हेल्प नेपाल बालगृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् । सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढीपहिरो तथा आगलागी पीडितलाई पनि नेटवर्कले मानवीय सहायता पु–याउँदै आएको छ ।

lcci
You might also like

Comments are closed.