काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ ।
विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पु¥याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लु वृद्धिले यो अवार्डले सम्मानित गरेको हो ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’ मा यो अवार्ड हस्तान्तरण गरिएको हो । हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालिन गतिशिलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको सफल प्रबद्र्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।
‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्छन्, ‘हामी सफल र सुध्रित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं ।’ दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनमार्फत नेपालको इभी क्रान्तिलाई अघि बढाइरहेको छ ।
चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको १६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ७ सय भन्दा बढी विक्री भइसकेका छन् । विशेषत यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् । जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो ।
Comments are closed.