यामाहा नेपालद्वारा ७.९९ प्रतिशतको न्यून ब्याजदरमा ‘यो सपना, यसको स्वामित्व’ योजना सार्वजनिक

काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘यो सपना, यसको स्वामित्व’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ । यो सीमित अवधिको योजना २०२४ डिसेम्बर २५ देखि लागु हुनेछ ।

‘यो सपना, यसको स्वामित्व’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । ग्राहकले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्दछ ।

यस योजनासँगै, यामाहा नेपालले ‘टेस्ट राइड’ अभियान पनि ल्याएको छ । यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन् । एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपककुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै वित्तीय योजना मार्फत् हामीले ग्राहकका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको बताए ।

यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफ.आई. नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकलाई अनुपम सवारी अनुभव प्रदान गर्ने उनी बताउँछन् । यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकलाई यामाहाको प्रविधि र प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गर्दछ । यामाहा नेपाल, एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो, जसले नेपाली बजारमा उच्च–गुणस्तर, भरपर्दो र स्टाइलिश दुई–पांग्रे सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

दशकौँदेखि स्थापित यामाहा विश्वभर मोटरसाइकल उद्योगमा अग्रस्थानमा रहेको छ । प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको छ । यामाहा नेपालले प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले पहिलो पटक एफ.आई. मोटरसाइकल र स्कुटर नेपालमा प्रस्तुत गरेको छ ।

हाल यामाहा १०० भन्दा बढी एफ.आई. स्टेसनहरू भएको एकमात्र कम्पनी हो । यामाहा नेपाल देशको दोस्रो ठूलो अटोमोबाइल कम्पनी हो, जसको १०० भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन् ।

lcci
You might also like

Comments are closed.