जुत्ता चप्पल मेलामा ग्राहकको चहलपहल बढ्दै

काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्ह्यामुको सालिक पछाडिको हायत हाई ग्राउन्डमा जुत्ता चप्पल मेला चलिरहेको छ । मेलामा ग्राहकको दिनहुँ चहलपहल बढीरहेको छ ।

विभिन्न कम्पनीका जुत्ता चप्पल ग्राहकले सुपथ मुल्यमा खरिद गर्न पाइने भएपछि उत्साहित हुँदै मेलामा पुगेका छन् । स्वदेशी १४ वटा कम्पनीद्वारा संयुक्त आयोजित मेलामा ८ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा एउटै छानामुनि शिखर शू, रन शू, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, वान वल्र्ड, भेनस शुज, एक्ट्रा शुज, शु ल्याण्ड, बेली, हाइलाइफ र डिजे कलेक्सनका जुत्ता चप्पल राखिएका छन् । जाडो सिजनलाई लक्षित गरी भर्खरै बजारमा आएका न्यानो जुत्ता चप्पलहरु पनि उपलब्ध रहेको छ ।

ग्राहकले आफूलाई मन परेका जुत्ता चप्पल सुपथ मुल्यमा पाएपछि उत्साहित हुँदै खरिद गर्ने गरेको मेला संयोजक दिवाकर गिरीले बताए । मेलाको अवसरमा १५० देखि ९ हजार सम्मका लेडिज, जेन्स तथा बच्चाका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

ग्राहकलार्य ५० प्रतिशतसम्मको छुट दिइएको छ । छुटसहित सुपथ मुल्यमा जुत्ता चप्पल पाइने भएपछि ग्राहक दिनहुँ थपिदै गएको आयोजकले जनाएको छ ।

 

lcci
You might also like

Comments are closed.