नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १ दशमलव २६ प्रतिशतले घटेर २ हजार ५७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।

३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर ६९ हजार ९२३ पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ । वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अङ्कको गिरावट आएको छ । वित्त समूह ५ दशमलव १९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह २ दशमलव ७७ प्रतिशत र व्यापार समूह दशमलव ९७ प्रतिशतले घटेको छ ।

बैंकिङ ० दशमलव ९२, होटल तथा पर्यटन १ दशमलव ३८, हाइड्रोपावर १ दशमलव ७३, लगानी ० दशमलव ०८, जीवन बीमा ० दशमलव ६५, उत्पादन तथा प्रशोधन १ दशमलव ५१, लघुवित्त १ दशमलव ४१, म्युचुअल फन्ड ० दशमलव ३८ र निर्जीवन बिमा ० दशमलव ९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ० दशमलव ०६ प्रतिशतले बढेको छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४ दशमलव ०१ प्रतिशतले बढेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख ८ हजार ५५७ कित्ता शेयर किनबेच भएको छ ।

lcci
You might also like

Comments are closed.