नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक ५ दशमलव १० अङ्कले बढेर २ हजार ५८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे ३ अर्ब हाराहारीमा खुम्चिएको हो ।

आज ३०९ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर ४३ हजार ७२९ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो ।

मङ्गलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह ३ दशमलव ८७, विकास बैंक १ दशमलव ६८ र जलविद्युत् समूह १ दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ० दशमलव ९५, लगानी ० दशमलव ०९, उत्पादन तथा प्रशोधन ० दशमलव २५, निर्जीवन बिमा ० दशमलव २२ र व्यापार समूह ० दशमलव ६३ प्रतिशतले बढको छ ।

अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७२, जीवन बिमा ० दशमलव ०६, लघुवित्त ० दशमलव १६, म्युचुअल फन्ड ० दशमलव १७ र अन्य समूह ० दशमलव ४१ प्रतिशतले घटेको हो । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ८२ लाख १७ हजार ३४९ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन्राइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार ५८९ कित्ता शेयर किनबेच भएको छ ।

lcci
You might also like

Comments are closed.