शहीद बहुमुखी क्याम्पसमा आयोजित महायज्ञमा २ दिनमा ६९ लाख बढी दान सङ्कलन

रामपुर (पाल्पा)। शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारी पाल्पामा धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ चलिरहेको छ । महायज्ञको दोस्रो दिन बुधवार १६ लाख ९ हजार ४८१ दान सङ्कलन भएको छ । जसअन्तर्गत नगद ६ लाख ९ हजार ४८१ रुपेयाँ र १० लाख रुपैयाँ बराबरको जग्गा दान प्राप्त भएको छ ।

महायज्ञमा रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराईले सबैभन्दा बढी दान गरेका छन् । उनले १० लाख रुपैयाँ बराबरको ४ आना जग्गा र १ हजार ५५५ नगद गरी १० लाख १ हजार ५५५ बराबरको जग्गा दान सहयोग गरेका हुन् ।

यस्तै रामपुर ५ वेझाँड निवसी तुलबहादुर थापा र विष्णुकुमारी थापाले नगद १ लाख १ हजार ५५५, दरैठाँटी माध्यमिक विद्यालयले ७३ हजार ७६१, रामपुर ८ पाल्पा निवासी कृष्णप्रसाद घिमिरेले ५५ हजार ५५५, रामपुर ५ वेझाँड निवासी ज्ञानेन्द्रप्रसाद गैरे र सावित्रा गैरेले ५५ हजार १११, विरुवा गाउँपालिका ६ चिन्नेवास निवासी बुद्धिमाया लम्सालले ५१ हजार ५१० रुपैयाँ दान सहयोग गरेका छन् ।

महायज्ञको पहिलो दिन मंगलबार रामपुर नगरपालिकाको ५१ लाख ५१ हजार ५५१ र नगद २ लाख १६ हजार ८५२ नगद गरी ५३ लाख ६८ हजार ४०३ रुपैयाँ दान सङ्कलन भएको थियो । दोस्रो दिनसम्म महायज्ञबाट ६९ लाख ७७ हजार ८८४ रुपैयाँ बराबरको दान सङ्कलन भएको छ । यस्तै महायज्ञमा १७५ मुरी धान सङ्कलन भएको धान सङ्कलन संयोजक ऋषिराम रेग्मीले जानकारी दिए ।

‘शहीद क्याम्पसको चाहना संकाय थप सिपमूलक शिक्षा र छात्राबासको स्थापना’ भन्ने नाराका साथ सञ्चालन भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भइरहेको छ । महायज्ञमा तुला दान, लाखबत्ति प्रज्वलन लगायतका विभिन्न कार्यक्रम भइरहेको छ । महायज्ञ यही पुस १६ गतेबाट सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।

lcci
You might also like

Comments are closed.