होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी

काठमाडौं । नेपालको होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ ।
तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा १ लाख ४२ हजार २२३ होटल तथा रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो ।
यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो । डा रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह तथा सेवा सदन, छात्राबास तथा होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ तथा पार्टी प्यालेसको विस्तृत सङ्कलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो ।
देशभरका डेढ लाख होटलमध्ये १ हजार १२१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो ।
सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पु¥याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ । विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्याङ्क सङ्कलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

 

तथ्याङ्कअनुसार रु १० करोडभन्दा बढी स्थायी सम्पत्ति भएका होटल तथा रेस्टुरेन्ट सङ्ख्या ४९३ छन् । तीमध्ये बागमतीमा २१४ छन् । रु १ करोडदेखि रु १० करोडसम्म सम्पत्ति भएका होटल ८ हजार ७३२ छन् । रु २ लाखभन्दा कम लगानीमा खुलेका होटल तथा रेस्टुरेन्ट ६७ हजार ५२१ छन् । तथ्याङ्कमा देशभरि सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७१६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति रु ४ खर्ब १८ अर्ब ६२ करोड हाराहारी छ ।

 

नेपाली नागरिकको संयुक्त लगानीमा ३ हजार ३२७ होटल तथा प्रतिष्ठान सञ्चालनमा छन् । जसमा रु १ खर्ब १४ अर्ब लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल तथा रेस्टुरेन्ट रहेको छ । सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको सङ्ख्या १ लाख ५ हजार ४५९ रहेको छ ।
lcci
You might also like

Comments are closed.