काठमाडौं । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताको लागि योग्य हुन सहभागीले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका छन् ।
शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीको घोषणासँगै प्रतियोगिता समापन गरिएको छ । प्रतियोगितामा बि ७ बि अटो ट्रेडर्स विराटचोकका चुडामणी आचार्य विजेता बनेका छन् । जेनिशा अटोमोबाइल ट्रेडर्स फत्तेपुरकी कृतिका घिमिरे पहिलो रनर–अप र पाथीभरा अटो प्यालेस इलामकी मिरा सापकोटा दोस्रो रनर–अप बनिन् । प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको उत्साहजनक सहभागिता रहेको थियो ।
सबै प्रतियोगीले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरे । सहभागीमध्ये बिजेता, पहिलो रनर–अप, दोस्रो रनर–अपले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् । यस अवसरमा यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले बिजेता, पहिलो रनर–अपर दोस्रो रनर–अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् ।
“यामाहा सधैं आफ्नो टिमका सदस्यलाई उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले उनीहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ । यस प्रतियोगिताले सहभागीको विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने मैले विश्वास लिएको छु” उनले भने ।
सबै सहभागीले आ–आफ्नो प्रयास र ब्रान्डको मूल्यहरूप्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतीकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र बाँकी क्षेत्रमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ । यस्ता पहलमार्फत् यामाहा नेपालले आफ्ना बिक्री परामर्शदाताले उत्कृष्टताका लागि यामाहाको विश्वव्यापी प्रतिष्ठासँग मिल्ने प्रिमियम अनुभव प्रदान गर्ने सुनिश्चित गर्दै ग्राहक सेवाको स्तरलाई माथि उठाउन जारी राखेको छ ।
एमएडब्लू राइड्सको सहायक कम्पनी यामाहा नेपाल दुई पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी कम्पनी हो । जो आफ्नो नवीन प्रविधि, असाधारण प्रदर्शन र अतुलनीय विश्वसनीयताका लागि परिचित छ । सेल्स स्किल्स कन्टेस्टजस्ता पहलहरू मार्फत् यामाहाले प्रतिभालाई बढावा दिने र उत्कृष्ट ग्राहक सन्तुष्टि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ बनाएको छ ।
Comments are closed.