शहीद बहुमुखी क्याम्पसको महायज्ञमा श्रद्धालुभक्तजनबाट उत्साहजनक दान सङ्कलन हुँदै

रामपुर (पाल्पा) । शहीद बहुमुखी क्याम्पस रामपुर नगरपालिका–७ किसानबारी गत पुस १६ देखि सुरु भएको महायज्ञमा दान गर्नेको उत्साह बढ्दै गएको छ । शनिबार हजारौं श्रद्धालुभक्तजनले सहभागीता जनाए । धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा प्रवचन सुन्न तथा दानका लागि श्रद्धालुभक्तजन पुगेका थिए ।

शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको यज्ञ स्थलको पण्डाल तथा क्याम्पस परिसरमा बाक्लो उपस्थिति रहेको थियो । महायज्ञमा शनिबार एकै दिन ३० लाख ७५ हजार ८७४ रुपैयाँ दान सहयोग जुटेको छ । शहीद क्याम्पसको चाहना संकाय थप सिपमूलक शिक्षा र छात्राबासको स्थापना भन्ने नाराका साथ भएको महायज्ञमा हालसम्म १ करोड ३७ लाख २८ हजार ६८४ रुपैयाँ ७७ पैसा बराबरको दान सङ्कलन भएको महायज्ञ सचिवालयले जनाएको छ ।

शनिबार रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर ५ बाट ९५ हजार ७६० रुपैयाँ, रामपुर नगरपालिका ७ कठान बस्ने टिकाप्रसाद श्रेष्ठबाट ६१ हजार रुपैयाँ, रामपुर नगरपालिका ३ बस्ने खगेश्वर पाठक र मनिकुमारी पाठकबाट ५५ हजार ५५५ रुपैयाँ, रामपुर नगरपालिका ७ बहखोला बस्ने धनराज गौतमबाट ५३ हजार ३५३, गैडाकोट नगरपालिका २ स्थित ज्योती पौडेल, सूर्यकुमारी पौडेल र तेजकुमारी पौडेलबाट ५१ हजार ५५५्र रुपैयाँ, रामपुर नगरपालिका ७ बस्ने बालकृष्ण लम्सालबाट ५१ हजार १५० रुपैयाँ, रामपुर नगरपालिका ५ रानाटोल बस्ने कृष्णकुमारी रानाबाट ५० हजार ५५५ रुपैयाँ र रामपुर नगरपालिका ७ बस्ने थमनाथ पोखरेल बाट ५० हजार ५५५ दान प्राप्त भएको छ ।

शनिबार २७६ जना व्यक्ति तथा संघ संस्थाबाट महायज्ञमा दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । महायज्ञको उट्घाटनको दिन रामपुर नगरपालिकाबाट घोषणा भएको ५१ लख ५१ हजार ५५१ सहित ५३ लाख ६८ हजार ४०३ रुपैयाँ दान सङ्कलन भएको थियो । प्रवचन सुरु भएको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा र तेस्रो दिन शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले घोषणा गरेको २० लाख रुपैयाँ सहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान सङ्कलन भएको थियो ।

शनिबार सचिवालय दान रकम बुझ्नको लागि भ्याईनभ्याई भएको थियो । साथै महायज्ञमा धान सङ्कलन समेत उत्साहजनक रुपमा भइरहेको छ । गण्डकीवेशी क्षेत्रको विभिन्न स्थानमा रहेका धान सङ्कलन केन्द्रबाट धान दान आउने क्रम जारी रहेको छ । हालसम्म ६०७ मुरी १२ पाथी धान सङ्कलन भएको धान दान सङ्कलन समितिका ऋषिराम रेग्मीले जानकारी दिए । धान दान गर्नुहने दाताहरुलाई पनि सम्मान गरिदै आएको छ । महायज्ञमा हालसम्म धेरै दान गरेका रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई सभानायकमा रहेका छन् । शनिबारको कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले निस्दी गाउँपालिकाले कार्यपालिकामा छलफल गरी क्याम्पसको लागि सहयोग गर्ने घोषणा गरे ।

महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भइरहेको छ । महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम भईरहेको छ । साथै दिउँसोमा संगितमय शैलीमा कथा प्रवचन र हरेक साँझमा भजनकृतन भइहेको छ । महायज्ञ यही पुस २३ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताए । महायज्ञमा दानसंगै विभिन्न सम्मानका कार्यक्रम भइरहेको छ ।

lcci
You might also like

Comments are closed.