पोखरा । स्याङ्जा घर वा माइत भैँ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आएका महिला दिदीबहिनीहरू आबद्ध स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उद्यमी बन्न चाहने ३० जना महिलालाई वडाको तर्फ बाट तालिम प्रदान गर्न लागिएको र हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गर्दै उनले आगामी निर्वाचनमा पोखराका धेरै वडामा महिला अध्यक्ष आउनुपर्ने बताइन् ।
पोखरा महानगरमा कार्यरत कपिल गिरीले स्याङ्जाली दिदीबहिनी एकता समाजलाई प्रपोजल लेखन देखि सबै दिदीबहिनी अट्ने विधान बनाउन सहयोग गर्ने बताएका छन् । पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले समाजले एक आपसमा चिनजान सहित महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै मिडियाको तर्फबाट समाजले गरेर कार्यक्रममाहरुमा प्रचार प्रसारमा सक्दो सहयोग गर्ने बताए । लोकदोहोरी कलाकार एवं समाजका सल्लाहकार सिता केसीले यसले दिदिबहिनी बीचको सम्बन्ध अझ बढाउने बताइन् ।
कार्यक्रममा सचिव सपना गिरी, कोषाध्यक्ष सन्तु पौडेलले प्रस्तुत गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । समाजका अध्यक्ष संगिता पाण्डेले ७ जनाबाट सुरु गरेको समाजमा अहिले १३५ सदस्यीय भएको जानकारी दिइन् । कार्यक्रममा आजीवन सदस्य भएका २१ जनालाई प्रमाण पत्र वितरण गरिएको छ ।
Comments are closed.